INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ०८२ मंसिर ९ गतेदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा इन्सेक लगायतका नागरिक संस्थाहरुको सहकार्य तथा मन्थली नगरपालिकाको आयोजनामा ०८२ मङ्सिर ९ गते बिहान प्रभातफेरी सहित कार्यक्रम सुरु गरिएको हो ।

मदन भण्डारी चोकबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिनमा मात्रै सीमित नराखी वर्षै भरी नै निरन्तर चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले लैङ्गिक हिंसाका विरुद्धमा भएका कानुनको व्यवहारिक कार्यान्वयनका लागि हरेक व्यक्ति जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति उपप्रमुख प्रेमसागर थापा, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जनप्रतिनिधिहरू, नागरिक अगुवा, कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रूपमा मनाउने गरिन्छ । अभियानको अन्तिम दिन १० डिसेम्बरमा इन्सेकको तर्फबाट रामेछापको मानव अधिकार अवस्थाबारे कार्यपत्र प्रस्तुति र छलफल पछि यस वर्षको अभियान सम्पन्न गरिने छ ।

नवराज पथिक

अन्य

भिडियो