२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–७ का २२ वर्षीय हरि पासवानले पुस ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस २८ गते बलात्कार गरेको आरोपमा पीडितले पुस ३० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छिन् ।
आरोपितले घटना अरूलाई भने ज्यानै लिने धम्की दिएको पनि पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खडकाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा पुस ३० गते गरिएको छ ।