१७ वर्षीया बालिकालाई ०८२ कात्तिक २६ गते बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–११ का २४ वर्षीय सुरज कार्कीविरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको छ ।
घटना लगत्तै आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर चन्द्रकान्त अधिकारीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।