INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखनका प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा सरावल गाउँपालिका–५, दुवौलियाका २१ वर्षीय इन्दल गौड र उनकी २३ वर्षीया पत्नी आरती गौडलाई प्रहरीले पुस २९ गते गिरफ्तार गरी जिल्ला प्रहरीको हिरासतमा राखेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २९ गते पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरस्थित नेपाल भारत सिमाबाट विक्रीका लागि भारततर्फ लैजाँदै गर्दा साना हातहरू नामक संस्थाको सहयोगमा सिमा प्रहरीले उद्धार गरी आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाकी आमालाई बोलाएर पुस ३० गते जिम्मा लगाएको र आरोपितलाई मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा चलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो