INSEC Online

📅 २०८३ जेष्ठ २१

बाँकेमा १८ हजार १ सय ९५ मतदाता थपिए

जिल्ला निर्वाचन कार्यालय बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि ०८२ मङ्सिर ६ गतेसम्म नयाँ मतदता ११ हजार ७ सय ९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने ६ हजार ४ सय ८६ सहित गरी १८ हजार १ सय ९५ नयाँ मतदाता थप भएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताउनु भयो ।

जिल्लाको आठ वटै स्थानीय तहमा मतदाता नामावली सङ्कलन कार्य नभएकाले धेरै जना बालिग नागरिकहरु मताधिकारबाट बन्चित हुनसक्ने डुडुवा गाउँपालिका—१ की मोहिनी तिवारीले बताएकी छिन् ।

आगामी निर्वाचनका लागि बाँके जिल्लामा नाम दर्ता गराउनेमा अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका छन् । बाँकेमा ०७९ सालको निर्वाचनमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता रहेको थिए । निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तन लगायत काम गर्दै आएको थियो भने आठ स्थानीय तह मध्ये निर्वाचन कार्यालयमा नयाँ नाम दर्ता गराउनेमा नेपालगञ्ज र कोहलपुर नगरपालिकाका युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको छ र अझै पनि धेरैको नाम छुटेको हुनसक्ने अधिकारी शाहीले बताउछनु भयो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो