आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक मधेश प्रदेश कार्यालयले ०८२ मङ्सिर ३ गते अग्नीसाइर–कृष्णसवण गाउँपालिका–६ की १३ वर्षीया बालिकाको परिवारलाई १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग हुने उदेश्यले सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
२०८२ असोज २७ गते दलित सरोकार मञ्च सप्तरी मार्फत पीडित परिवारले इन्सेक प्रदेश कार्यालयमा निवेदन दिएको पासवानले जानकारी दिनु भयो । रकम हस्तान्तरण कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका सह–सचिव डम्बर राई , वडा –६ का अध्यक्ष अशोक कुमार आचार्य, इलाका प्रहरी कार्यालय मोहलीका प्रहरी हवल्दार इश्वर कार्की तथा स्थानीय बुद्धिजीवि हरीप्रसाद चौधरी, सोफिलाल लाल यादव लगायतको उपस्थिति रहेको इन्सेक प्रतिनिधि नविन यादवले बताउनु भयो ।
तरिहुत गाउँपालिका–५ लोहजरा टोलका १९ वर्षीय अनिलकुमार महतोले २०८१ फागुन १० बालिकालाई बलात्कार गरेका थिए । पीडित पक्षले २०८२ असार १३ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए। सोही दिन गजेन्द्र नारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको थियो। आरोपी हालसम्म फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताउनु भयो ।