INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस २७ गते उजुरी दिएको छ ।

नाम र ठेगाना नखुलेको करिब २२ वर्षीय युवकले पुस २५ गते पीडित युवतीलाई बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

फोनबाट चिनजान भएको आधारमा भेटघाट गर्न बोलाएर बलात्कार गरेकोले कारवाहीको लागि उजुरी हालेको पीडित परिवारले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस २५ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको मौखिक जानकारी २५ गते नै आएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको छ । आरोपितको पहिचान फोनको आधारमा खुले पनि गिरफ्तार गरेपछि मात्रै नाम सार्वजनिक गर्ने डिएसपी खनालले बताए ।

अन्य

भिडियो