बलात्कारबाट गर्भवती भएकी १६ वर्षीया बालिकालाई न्याय दिलाउन इन्सेक सुनसरी प्रतिनिधिले पुस २५ गते बालिकाको अनुरोधमा प्रहरीमा आरोपितविरूद्घ उजुरी दर्ता गराई न्याय दिलाउन पहल गरेका छन् ।
आरोपितले कसैलाई भने मारी दिने धम्की दिएका कारण ६ महिनासम्म चुपचाप लागेर बस्न बाध्य भएको पीडितले इन्सेक प्रतिनिधिलाई बताइन् । पेटमा ६ महिनाको बच्चा भएकाले अधिकारकर्मीको पहलमा न्याय माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् ।
उजुरीपछि आरोपितलाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले बताए । आरोपितको नाम गिरफ्तार नभएसम्म गोप्य राखी दिन पीडित र प्रहरीले आग्रह गरेका छन् । डिएसपी फुयालले उजुरी दर्ता भएको र आरोपितको खोजी भइरहेको बताए ।