२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–११ स्थायी घर भई सुनसरीको महेन्द्रनगर बस्दै आएका १९ वर्षीय बलबहादुर विष्टलाई पुस २६ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार घटनाका अर्का आरोपित २६ वर्षीय रविन लिम्बू फरार रहेका छन् ।
पीडित महिलालाई आरोपितहरूले पुस २४ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २६ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २६ गते गरिएको छ । फरार आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले बताए ।