INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवा प्रवाह, वर्तमान चुनौती र आवश्यकताका सन्दर्भमा अन्तरसम्वाद सम्पन्न

इन्सेक सुदूपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना, डिसिएको सहयोग र कैलारी गाउँपालिकास्तरीय मानव अधिकरा समूहको समन्वयमा कैलारी गाउँपालिकामा सेवा प्रवाह, वर्तमान चुनौती र आवश्यकता विषयक अन्तरसंवाद कार्यक्रम ०८२ कात्तिक २७ गते सम्पन्न भएको छ ।

०८२ भदौ २३ र २४ गते भएको आन्दोलनपश्चात कैलारी गाउँपालिकामा सेवा प्रवाहमा समस्या देखिएपछि सेवा प्रवाहलाई सहज बनाउनका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सरोकारवाला पक्षहरुसँग अन्तरसम्वाद कार्यक्रमको आयोजना गरेको हो ।

कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले भदौ २४ गते आन्दोलनको नाउँमा सार्वजनिक सम्पति, महत्वपूर्ण कागजात, विगतदेखि अहिलेसम्मका दस्तावेजहरु जलाएर नष्ट गरिएको हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘घटनापछि स्थानीय सरकारले सेवा प्रवाह तत्कालै दिने अवस्था रहेन । सार्वजनिक सम्पत्तीमा आगजनी भयो । आर्थिक संकट परेको बेला भौतिक संरचनामा क्षति पुगेपछि सुन्य अवस्थाबाटै सेवा प्रवाह गर्न बाध्य भयौँ ।  होर्दा गाउँपालिकाको भवनमा क्षति नपुगेको देखिएता पनि भित्रराखिएका महत्वपूर्ण कागजाग र सामानहरुमा क्षति पुगेकोले सेवा दिन समस्या भयो । वडा कार्यालयहरुमा पूर्ण क्षति भएको कारण यी कार्याहरुको पुननिर्माण गर्न आवश्यक छ । सार्वदलितय बैठकपश्चत हाल सामाजिक  सदभावमा सुधारभएको छ । सेवा प्रभावलाई पनि वडास्तरबाटै सुचारु गर्दै आएका छौँ ।’

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले स्थानीय सरकारका सार्वजनिक सम्पतिहरु सबैको साँझा सम्पत्ति भए पनि जेन्जी आन्दोलनका नाममा आगजनी र तोडफोड गरी क्षति पुगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘संघीय सरकार लेख्ने सरकार हो । प्रदेश सरकार देख्ने सरकार हो भने स्थानीय सरकार जनताले भेटने सरकार भएकोले चित्त नबझुेको कुरालाई छलफलका माध्येमबाट समाधान गर्न सकिन्छ । तर, आगजनी र तोडफोडबाट हामी सबैलाई नै समस्या हुने हो ।’

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नागरिक कर्तव्य अनिवार्य हुने भएकोले नागरिकहरुले अनियमितता, भ्रष्टाचार, सुशासन कायम गर्न खबरदारी गरिरहनु पर्ने बताउनु भयो । तर, खबरदारीको नाममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गर्नु काननुको उल्लङ्घन भएकोले यस प्रकारका गतिविधिमा संलग्नहरु सजायको भागिदार हुनुपर्ने उहाँले बताउनु भयो ।

पत्रकार माहासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाहले सेवा प्रवाह,वर्तमान चुनौती र आवश्यकका सन्भर्दमा आधार–पञ प्रस्तुत गर्नुभएको थियो ।

 

इन्सेक सुदूरपश्चिम प्रदेश

अन्य

भिडियो