INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–१ घर भई बनेपा नपा–६ बुडोलमा कोठागरी बस्ने ४९ वर्षीय यमबहादुर खड्कालाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २७ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते धुलिखेल अस्पतालमा स्वास्थ्य गरिएको छ ।

सुमित्रा आचार्य

अन्य

भिडियो