INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तु कारागारबाट भागेका तीन कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका तीन जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट कात्तिक १८ गतेपछि गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकाहरुमा शिवराज नगरपालिका– ४ का हाडनाता करणी कसुरका अभियुक्त ४५ वर्षीय एक व्यक्ति, शिवराज नगरपालिका– १० का कर्तव्य ज्यान मुद्दाका मनिराम पासी र कपिलवस्तु नगरपालिका–४ का जबरजस्ती करणी मुद्दाका धर्मेन्द्र यादव रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो ।

एक जना रुकुम पूर्वबाट गिरफ्तार गरी रुकुम पूर्वको कारागारमा रहेको जानकारी प्राप्त भएको र गिरफ्तार हुनेमा कृष्णनगर नगरपालिका–४ का जवरजस्ती करणी कसुरका आरोपित अजय गुप्ता रहेको भूसालले बताउनुभयो ।

कपिलवस्तु कारागारबाट भागेका १ सय २९ जना कैदी बन्दीहरु अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो