INSEC Online

📅 २०८३ जेष्ठ २१

केन्द्रीय कारागारबाट भागेका कैदी प्यूठानबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडाैँबाट भागेका कैदी झिमरुक गाउँपालिका- १ का २४ वर्षीय सन्तोष विकलाई प्रहरीले ०८२ कार्तिक १९ गते घरैबाट गिरफ्तार गरेको छ । गिरफ्तारपछि विकलाई कात्तिक २० गते जिल्ला कारागार प्यूठानलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर युवनकुमार चौधरीले बताउनु भयो । केन्द्रीय कारागारको सूची अनुसार अनुसन्धान गर्दा घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरी कारागारको जिम्मा लगाएको इन्स्पेक्टर चौधरीले बताउनु भयो ।

रविन्द्रराज पाण्डे

अन्य

भिडियो