कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न भएको छ ।
०८२ कात्तिक २० गते इन्सेक कर्णाली प्रदेश कार्याल्यका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले सहायता कक्षमा पेस भएका निवेदनहरु मध्ये लेकवेसी नगरपालिका वडा नम्बर ७ लवनाकी २९ वर्षीया भावना नेपालीलाई कानुनी प्रक्रियामा जानका लागि फेडोले र मनोसामाजिक सेवा लागि आवाजले सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै गुर्भाकोट नगरपालिका-१० की ३६ वर्षीया धनरुपा थापालाई कानुनी सहायता र मनोसामाजिक सेवा आवाजले सहयोग गर्ने, लेकवेसी नगरपालिका-१ की ३३ वर्षीया रिता कँडेललाई सात हजार रुपियाँ सहयोग गर्ने, वीरेन्द्रनगर ९ की सैदुन बानुलाई आठ हजार रुपियाँ सहयोग गर्ने र नौमुले गाउँपालिका -१ की २७ वर्षीया धनमाया सलामी मगरलाई सम्पर्कमा नआएका कारण आएपछि कानुनी प्रक्रियामा सहयोग गर्ने निर्णय गरिएको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका अधिकृत राजेन्द्र न्यौपाने, उच्च बार सुर्खेतका अध्यक्ष दुर्गा सापकोटा, दलित महिला संघ सुर्खेतकी सचिव खगीसरा वली, आवाज संस्थाकी निसा पौडेल, अधिवक्ता गिता कोइराला, वामकी निर्देशक मधुरानी ढकाल लगायतको उपस्थिति रहेको थियो ।
