INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरी हिरासतबाट फरार भएका ९२ मध्ये तीन जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय झापा, मातहत रहेका इलाका प्रहरी कार्यालय दमक, विर्तामोड र झिलझिलेबाट फरार भएका मध्ये तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जेनजी आन्दोलनको मौकामा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतबाट फरार भएका ३६ जनामध्ये प्रहरीले तीन जनालाई गिरफ्तार गरेको हो ।

लागू औषध मुद्दामा इलाका प्रहरी कार्यालय, विर्तामोडमा हिरासतमा रहेको अवस्थामा भदौ २४ गते भएका विर्तामोड नगरपालिका–३ का २६ वर्षीय वीरबहादुर राजवंशीलाई कात्तिक १९ गते विर्तामोड नगरपालिका–३ विर्ता बजारबाट गिरफ्तार गरेको हो । त्यसैगरी लागू औषध मुद्दामा इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतमा रहेको अवस्थामा भदौ २४ गते फरार भएका इलाम जिल्ला, इलाम नगरपालिका–९ का २६ वर्षीय गङ्गाराज चौहान र २१ वर्षीय सुजन अधिकारीलाई असोज २ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय, विर्तामोडबाट अझै ३३ जना थुनुवा फरार छन् । फरार हुनेहरूमा लागू औषध मुद्दाका दमक नगरपालिका–१ का २७ वर्षीय विजय कर्माकार, कमल गाउँपालिका–१ का ३२ वर्षीय सन्तोष मिस्तेरी, विर्तामोड नगरपालिका–१ का २७ वर्षीय विशाल गौतम, विर्तामोड नगरपालिका–३ का २४ वर्षीय मोहम्मद ममज मियाँ, कनकाई नगरपालिका–४ का १९ वर्षीय मुस्ताक अन्सारी, सोही ठाउँका २६ वर्षीय सुनिल यादव, अर्जुनधारा नगरपालिका–६ का २८ वर्षीय विनोद घिमिरे, सिन्धुली जिल्ला, भिमान गाउँपालिका–१० का २२ वर्षीय विनोद विक, झापा गाउँपालिका–३ की २९ वर्षीया प्रेमकला महतो, विर्तामोड नगरपालिका–६ का ३२ वर्षीय अनुमेश गिरी, अर्जुनधारा नगरपालिका–३ का १९ वर्षीय जीवन चम्लागाँई, विर्तामोड नगरपालिका–५ का २७ वर्षीय राजेन्द्र पन्धाक, हल्दिवारी गाउँपालिका–४ का २८ वर्षीय सरोज पौडेल, विर्तामोड नगरपालिका– ८ का ३६ वर्षीय पंकजराज मैनाली,सोही ठाउँका २३ वर्षीय शंकर चिमरिया, भद्रपुर नगरपालिका–१० का २२ वर्षीय प्रदीप राई, हुम्ला जिल्ला नामखा गाउँपालिका–१ का २७ वर्षीय राजु लामा, अर्जुनधारा नगरपालिका–८ का ३२ वर्षीय घनश्याम साह, विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय सुरज गुरुङ र कन्काई नगरपालिका–३ का २५ वर्षीय रमेश मुखिया सुनुवार छन् ।

चोरी मुद्दामा हिरासतमा रहेका अर्जुनधारा नगरपालिका ८ स्थायी घर भइ हाल विर्तामोड नगरपालिका–४ मा बस्दै आएका २७ वर्षीय नितेश शिवा दमाई, कनकाई नगरपालिका–७ का १८ वर्षीय चन्द्रबहादुर धमला र विर्तामोड नगरपालिका–७ का २३ वर्षीय कृष्ण पौडेल फरार छन् ।

अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका भद्रपुर नगरपालिका–८ का ३३ वर्षीय गणेश मिस्त्री, दमक नगरपालिका–४ का ३५ वर्षीय रामकुमार धिमाल, धनकुटा जिल्ला पाख्रिवास नगरपालिका–५ का २६ वर्षीय होमबहादुर विक, सुनसरी जिल्ला  दुहवी नगरपालिका–१२ का २२ वर्षीय शैलेन्द्र मेहता, भद्रपुर नगरपालिका–३ अस्थायी ठेगाना भएका २९ वर्षीय रोहन चौधरी र बाहृदशी गाउँपालिका–५का २९ वर्षीय डिकेन्द्र थापा फरार छन् । ज्यान मार्ने उद्योगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कनकाई नगरपालिका–३ का ४१ वर्षीय योगेन्द्र मैनाली फरार छन् ।

जेनजीको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट ५१ जना, विर्तामोडबाट ३६ जना र झिलझिलेबाट पाँच जना गरी ९२ जना थुनुवा फरार भएका थिए । फरार भएका तीन जनालाई गिरफ्तार गरेपनि अझै ८९ जनालाई गिरफ्तार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले बताउनु भएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो