अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिंसामा परेकी २४ वर्षीया अर्चनाकुमारी महासेठलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडितले न्यायका लागि पहल गरिदिन कार्तिक १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयमा निवेदन दिनु भएको थियो । इन्सेक मधेश प्रदेशको मानव अधिकार सहायता कक्ष मार्फत उक्त रकम प्रदान गिरएको हो ।
पीडितले मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय पति धिरेश शाहविरुद्ध थप दाइजो माग गर्दै शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँदै जिल्ला अदालत, धनुषामा कार्तिक १९ गते मुद्दा दर्ता गराएकी छन् । उनीहरुबीच ०८० वैशाख २९ गते सामाजिक परम्परागत अनुसार विवाह भएको थियो । विवाहमा उनले २ लाख रुपैयाँ र अन्य सामग्री दाइजोको रुपमा दिए पनि चार दिन नबित्दै पति र परिवारले थप दाइजोको लागि हिंसा गर्दै आएको पीडितले बताउनु भयाे ।
सन्तोष कुमार यादव