INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाजद्वारा नर्सहरूको आन्दोलन समाधान गर्न सरकारलाई ध्यानाकर्षण

गण्डकी प्रदेशका नागरिक समाजका प्रतिनिधिहरूले नर्सहरूको जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

०८२ कात्तिक १६ गते प्रकाशित संयुक्त प्रेस विज्ञप्तिमार्फत नागरिक समाजका प्रतिनिधिहरूले मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले विगत एक महिनादेखि गरिरहेको आन्दोलनको पक्षमा ऐक्यबद्धता जनाउँदै तत्काल वार्तामार्फत दिगो समाधान खोज्न सरकार, मेडिकल कलेज र अस्पताल सञ्चालकहरूलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ— नर्सहरूले तलब वृद्धि, श्रम अधिकार सुनिश्चितता र कार्यस्थलमा सम्मानजनक वातावरणको माग गर्दै आन्दोलन थालेका हुन्। तर निजी मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूलाई सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिइने, मौखिक रूपमा श्रम करार गरिने, अत्यधिक कार्य समय तोक्ने र ओभरटाइम तथा बिदाको व्यवस्था स्पष्ट नभएकाले श्रम शोषण भइरहेको नागरिक समाजको भनाइ छ।

नागरिक समाजका प्रतिनिधिहरूले नर्सहरूको आन्दोलन वैध र न्यायोचित रहेको उल्लेख गर्दै स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न नर्सहरूको मागलाई अविलम्ब सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

संयुक्त विज्ञप्ति नागरिक मञ्च, गण्डकी प्रदेशका संयोजक विष्णुप्रसाद बराल, गैसस महासंघका निर्वतमान अध्यक्ष रामप्रसाद सुवेदी, शान्तिका लागि नागरिक समाज सञ्जाल, पोखराका पूर्व संयोजक खगराज आचार्य, इन्सेक, गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, फेडो, कास्कीकी प्रतिनिधि इश्वरी विक, नागरिक मञ्चका खेमप्रसाद पौडेल र कृष्ण केसी, अधिकारकर्मी मधु पन्थी तथा चिल्ड्रेन नेपाल, पोखराका  डिल्ली शर्माले संयुक्त रूपमा जारी गरेका हुन्।

सञ्जय रानाभाट

अन्य

भिडियो