जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका १४ जना कैदिबन्दीलाई प्रहरीले गोरखाबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा कास्की कारागारबाट भागेका नौ, काठमाडौँका विभिन्न कारागारबाट भागेका चार, तनहुँ कारागारबाट भागेका एक जना रहेको प्रहरीले जनाएको छ ।
तनहुँ कारागारबाट भागेका सिरानचोक गाउँपालिका–२ का विशाल उपरकोटी, कास्की कारागारबाट भागेका चुमनुव्री गाउँपालिका–६ का सोनाम दोर्जे लामा, तेन्जिङ लामा, छेवाङ लामा, सोनाम ग्याल्जेल लामा, सिरानचोक गाउँपालिका–५ का विक्रम नेपालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विकले बताए ।
कास्की कारागारबाट भागेका पालुङटार गाउँपालिका–१ का बम बहादुर श्रेष्ठ, राइनस नगरपालिका–८ लमजुङका बाबुरा नेपाली, भिमसेन थापा गाउँपालिका–१ का राजेश विश्वस सुनार तथा केन्द्रीय कारागारबाट भागेका धनकुटाका छथरजोरपाटी गाउँपालिका–२ का सुमन सुनदास, धादिङको धुनवेशी गाउँपालिका–२ का भुवन तामाङ, बाल सुधार गृह सराङकोट कास्कीबाट भागेका पालुङटार–६ का सामुयल नेपाली, बाल सुधार गृह सानोठिमी भक्तपुरबाट भागेका गोरखा–९ का सुस्मा मग्रातीलाई पनि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएकाहरुलाई सम्बन्धित कारागार प्रशासनसँग समन्वय गरी पठाइएको पनि प्रहरीले जनाएको छ ।
हरिराम उप्रेती