२० वर्षीया शारीरिक तथा बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ सोगरका ४६ वर्षीय मन विश्वकर्मालाई ०८२ कात्तिक २ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई असोज २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ३१ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
रीमा बि.सी.