२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला ठाडाचक्र गाँउपालिका–२ स्थायी घर भई बुटवल उमनपा–८ सुख्खानगर डेरागरी बस्ने ४९ वर्षीय भरतबहादुर मल्ललाई पुस १७ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेका आरोपितले बाटोमा हिँड्दै गरेकी महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले पुस १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिइन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १७ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।