जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका थुनुवालाई प्रहरीले कात्तिक १० गते इलाममा गिरफ्तार गरेको छ ।
इलाम, देउमाई नगरपालिका–८ जितपुरका २९ वर्षीय महावीर राईलाई प्रहरीले ०८२ कात्तिक १० गते घरबाटै गिरफ्तार गरेको हो ।
लागूऔषध ब्राउन सुगर कारोवारको आरोपमा राई ०८० साउन २५ गते काठमाण्डौमा गिरफ्तारीमा परेका थिए ।
लागू औषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा रहेको अवस्थामा राई जेनजीहरुको आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।
घरमा बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मंगलबारेबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।
कोशी प्रदेश कार्यालय