जेनजी आन्दोलनको क्रममा फरार भएका थुनुवा २७ वर्षीय नवराज गिरीलाई ०८२ कात्तिक १० गते प्रहरीले गिरफ्तार गरेको छ ।
जेनजी आन्दोलनमा सिरहाको धनगढीमाई नगरपालिका–१० घर भई महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने गिरी लागु औषधसम्बन्धी मुद्दाका थुनुवा रहेको जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरका एसपी एवम् सूचना अधिकारी चक्रराज जोशीले बताउनु भयो ।
यसैगरी महालक्ष्मी नगरपालिका–५ टिकाथली क्षेत्रबाट एक थान हत्कडी प्रहरीले बरामद गरेको छ ।
बेवारिसे अवस्थामा फालिएको हत्कडी कात्तिक ९ गते प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रहरी चौकी टिकाथलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त हत्कडी फेला पारेको हो ।
जेनजी आन्दोलनको क्रममा प्रहरीका सरसामानहरु लुटपाट समेत भएको थियो । सोही हत्कडी त्यहाँ फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।
दीपकप्रसाद घिमिरे