INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते राती कास्की कारागारबाट भागेका पुतलीबजार नगरपालिका– १ का २५ वर्षीय विश्वास नेपालीलाई ०८२ कात्तिक ७ गते भिरकोट नगरपालिका– १ दर्सिङबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी इन्सपेक्टर कमल नेपालीले जानकारी दिनुभयो ।

नेपाली जिल्ला कारागार कास्कीमा जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गिरफ्तार गरिएका नेपालीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कात्तिक ८ गते जिल्ला कारागार स्याङ्जामा पठाइएको छ ।

अमृत पौडेल

अन्य

भिडियो