INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय हजुरबुबालाई ०८२ कात्तिक २ गते गिरफ्‌तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

नारायण पराजुली

अन्य

भिडियो