INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बरहथवा नगरपालिका–७ की ४७ वर्षीया जरिना खातुनलाई ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले सोही ठाउँका ३७ वर्षीय विनोद कुमार पटेल र वडा नम्बर–९ का नगर कार्यपालिकाका सदस्य ३६ वर्षीय महेन्द्र कुमार यादवविरुद्ध ०८२ असोज २९ गते इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

आरोपितले असोज १६ गते घर अगाडिको बाटोका लागि विवाद हुँदा बोक्सी भन्दै आफूलाई गालिगलौज र कुटपिट गरेको पीडितले बताइन् ।

कुटपिटबाट घाइते भएकी खातुलनको प्राथमिक उपचार असोज १६ गते बरहथवास्थित स्थास्थ्य चौकीमा भएको र थप उपचार असोज १८ गते प्रादेशिक अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो