INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया अपाङ्गता भएकी महिलालाई ०८२ असोज २० गते बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भाइलाई असोज २१ गते गिरफ्तार गरेको छ ।

आरोपितविरूद्ध पीडित पक्षले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर राजु विष्टले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २२ गते जिल्ला अस्पतालमा गरिएको छ ।

राजकुमार भट्टराई

अन्य

भिडियो