०८२ भदौ २४ गते गरिएको आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका मध्ये २ सय २९ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । कारागारबाट भागेका ५ सय ४६ कैदीबन्दी मध्ये असोज २४ गतेसम्म ३ सय १७ जना कैदीबन्दी कारागारमा फर्किएका छन् ।
कारागारका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार असोज २४ गतेसम्म २ सय ७८ पुरुष र ३९ महिला गरी जम्मा ३ सय १७ जना कैदीबन्दीहरु फिर्ता भएको र १ सय ९४ पुरुष र ३५ जना महिला गरी अझै २ सय २९ जना कैदीबन्दी फर्कन बाँकी रहेको सूचना अधिकारी चौधरीले जानकारी दिनु भयो । ४१ भारतीय कैदीबन्दीहरु मध्ये असोज २४ गते सम्म १ जना मात्र फिर्ता भएको र बाकी ४० जना फिर्ता नभएको चौधरीले बताउनु भयो ।
नारायण पराजुली