INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरादह नगरपालिका–५ कटकपुरका १८ वर्षीय राघव धमलालाई असोज २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मार्ने धम्की दिएर ०८१ चैत २५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरूद्ध ०८२ असोज २३ गते इलाका प्रहरी कार्यालय, झिलझिलेमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असोज २३ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो