INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई मार्ने धम्की

युट्युव च्याल 4cast tv का पत्रकार पर्वतराज घिमिरेलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सम्बन्धित समाचार प्रशारण गरेको विषयलाई लिएर बीरगञ्जका सुवाश साहले ०८२ असोज २१ गते अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएका छन् ।  

पत्रकार घिमिरेले आफ्नो युट्युव च्यानल 4cast tv मा सार्वजनिक गरेका विषयलाई लिएर साहले धम्की दिएका थिए ।

घटनाको बारेमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले ०८२ असोज २२ गते विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरे र कीर्तिपुर सन्देश साप्ताहिकका पत्रकार नजरराम महर्जनलाई एक समूहले दिएको मार्ने धम्कीप्रति घोर भर्त्सना गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै व्यक्तिगत रिसइवी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ।’

समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लङ्घन हो’ विज्ञप्तिमा भनिएको छ ।

अनमोल पन्त

अन्य

भिडियो