INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलहरूलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

नागरिक समाजका अगुवाहरुले २०८२ असोज २२ गते एक आह्वान जारी गर्दै राजनीतिक दलहरुलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन् ।

आह्वानमा भनिएको छ, ‘आन्दोलनका क्रममा घुसपैठले हिंसात्मक बन्न पुगेको, प्रदर्शनकारीमाथि क्रुर सरकारी दमन र त्यसपश्चात अराजकतापूर्ण घटनाप्रति भर्त्सना गर्दछौं।’

जेनजी आन्दोलनमा भएको घुसपैठले हिंसात्मक बन्न पुगेको, प्रदर्शनकारीमाथि क्रुर सरकारी दमन र त्यसपश्चात अराजकतापूर्ण घटनाप्रति भर्त्सना गरेका छन् ।

साथै निजी निवास, सरकारी भवन, राजनीतिक दलका कार्यालय, अदालत, सञ्‍चारगृह र उद्योग प्रतिष्ठानमाथिको लुटपाट र आगजनी तथा सुरक्षा निकाय र सुरक्षाकर्मीमाथि भएको आक्रमण गर्नेहरूमाथि तत्काल छानबिन गरी कारबाहीको माग आह्वानमा गरिएको छ।

संवैधानिक सर्वोच्चता र कानुनीराज्‍यको मान्यताविपरीत हुने गरी नेपालका प्रधान न्यायाधीश र संवैधानिक अङ्गका पदाधिकारीहरुका विरूद्धमा सिर्जना गरिएको भय, त्रास र अनिश्चिततापूर्ण परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीहरूले उक्त परिस्थिति अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

त्यसैगरी भ्रष्टाचारको आरोपमा संलग्न व्यक्तिहरूमाथि अबिलम्ब छानबिन गरी कानुनी प्रक्रिया सुरू गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

नागरिक अगुवाहरुले पाँच बुँदे ध्यानाकर्षणपत्र जारी गर्दै तोकिएको मितिमा निर्वाचनको वातावरण मिलाउन राजनीतिक दल, जेनजी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आह्वान जारी गर्ने नागरिक अगुवाहरुमा लोकराज बराल, गणेशमान गुरूङ, रत्नसंसार श्रेष्ठ, उपेन्द्र कोइराला, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, कनकमणि दीक्षित, रेणु अधिकारी, शरद वन्त, महेश मास्के, परशुराम तामाङ, शंकर सुवेदी, झलक सुवेदी, कुन्दन अर्याल, टीकाराम भट्टराई, शोभाकर बुढाथोकी, उषा झा, गीता त्रिपाठी, राधिका खतिवडा, भागिराम चौधरी, राजेन्द्र महर्जन, चूर्णबहादुर चौधरी, विन्दु शर्मा र मल्ल के सुन्दर रहनु भएको छ ।

अन्य

भिडियो