१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ जिल्ला बरेङ गाउँपालिका-३ घर भई गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर बस्ने २५ वर्षीय राजु सार्कीलाई ०८२ असोज १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण असोज १२ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।
टोपलाल अर्याल