INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दामा फरार तीन वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कैद तोकिएका मुसिकोट नगरपालिका-७ का ‘गुन्टे’ भनिने ३३ वर्षीय राजबहादुर कुमाललाई प्रहरीले तीन वर्षपछि पुस ८ गते गिरफ्तार गरेको छ ।

बलात्कार मुद्दामा दोषी करार कुमाललाई ०७२ जेठ ७ गते जिल्ला अदालत गुल्मीले आठ वर्षकैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०६५ असोज १९ गते बलात्कार गरी फरार रहेको इन्स्पेक्टर रविन्द्र खड्काले बताए ।

अन्य

भिडियो