INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय बाबुराम सुनारलाई पुस ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ४ गते यौन दुर्व्यवहार गरेको पीडितले पुस ५ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएकी थिइन् ।

घटनाका आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर रामप्रसाद पाण्डेले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परीक्षण पुस ५ गते जिल्ला अस्पताल, बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो