INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–७ हैटी टोलका ३५ वर्षीय बरूण रामलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितले मङसिर २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी हजुरआमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा पुस २ गते उजुरी दिएकी छिन् ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनले आरोपितलाई पुस ४ गते गिरफ्तार गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालयले पुस ३ गते नै पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गराई सोही दिन बालयौन दुरूपयोगको उजुरी दर्ता गरेको सई वकिल ठाकुरले बताए ।

अन्य

भिडियो