२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले पुस ३ गते तुलसीपुर उपमनपा–१४ का २३ वर्षीय तिलक डाँगीलाई पाँच वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले डाँगीलाई पाँच वर्ष कैद र पीडितलाई ४० हजार रुपिँया क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
पीडित युवतीलाई आरोपितले ०७४ साउन २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई साउन ३२ गते गिरफ्तार गरेको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ३२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो । घटनामा सहयोग गरेको आरोप लागेका २४ वर्षीय सुनील बस्नेतले सफाई पाएको अदालतले जनाएको छ ।