५५ वर्षीया माहिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाँउपालिका–४ का २२ वर्षीय शम्भु नेपाली र सोही ठाँउका २६ वर्षीय छविलाल घर्तीलाई पुस २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितद्वयले पुस १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथाकीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।