INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका सुरक्षा गार्डको हत्या

तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रलाई तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ३५ वर्षीय शैलेन्द्र मुखियाले कुटपिट गरी पुस १ गते हत्या गरेको पीडित पक्षले आरोप लगाएको छ ।

मिश्र र मुखियाको मङसिर २९ गते दिउँसो सामान्य झगडा भएकोमा सोही दिन साँझ लौनियास्थित विद्यालय अगाडि नास्ता खान गएका मिश्रलाई आरोपित मुखियाले बन्चरोको बिँडले प्रहार गर्दा घाइते भई उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

कुटपिटबाट घाइते मिश्रको मङसिर २९ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि पुस १ गते साँझ बिराटनगरतर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।

मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले पुस २ गते तिलाठीस्थित राजविराज–कुनौली सडक खण्ड अवरूद्ध पार्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले बाटोमा टायर बालेर तत्काल अपराधीलाई गिरफ्तार गरी कडा कारवाही गर्न माग गरेका छन् ।

कुटपिट गर्ने शैलेन्द्र मुखियाको पहिचान भइसकेकोले तिव्रताकासाथ खोजतलास र अन्य अनुसन्धान कार्य भइरहेको जानकारी दिँदै एसपी विष्टले आरोपितहरू अबिलम्ब गिरफ्तारीमा पर्ने बताए ।

अन्य

भिडियो