INSEC Online

📅 २०८३ जेष्ठ २१

संविधान भित्रबाटै शासकीय सुधार गरी सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा जोड

११ औँ संविधान दिवसको अवसरमा बदलिदो परिस्थितिमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरुले संविधान भित्रबाटै शासकीय सुधार गरी सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणमा गर्नु पर्नेमा जोड दिएका छन् । उच्च अदालत बार एशोसिएसनका अध्यक्ष तथा अधिवक्ता चित्र बहादुर शाहीको अध्यक्षतामा र नागरिक समाजका संस्थाहरु, इन्सेक, उच्च बार, पत्रकार महासंघ बाँके, कानुन व्यवसायीहरुको आयोजनामा ०८२ असोज ३ गते नेपालगञ्जमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्ज उच्च बारका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाहीले जेनजीको अन्दोलनले उठाएका एजेण्डाहरु स्वच्छ राजनीति, नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण, सुशासन कायम गर्नुपर्ने भन्दै छानवीन गर्नका लागि भ्रष्टाचार विरुद्ध सशक्त आयोग बनाउन सरकारसँग खबरदारी गर्नुपर्ने नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको कुरामा जोडदिनु भयो ।

Photo 2025-09-20 Banke (8)

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले विश्वको उत्कृष्ट संविधान भएता पनि संविधान कार्यान्वयन प्रकृयामा समस्या भएका कारण भदौ २३ गतेको स्थिति सृजना भएको बताउदै नागरिक समाजले सुशासन, जबाफदेहिता, पारदर्शिताका लागी खबरदारी गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

Photo 2025-09-20 Banke (10)

पत्रकार महासंघ अध्यक्ष नवीन गिरीले संविधानको गलत व्याख्या र गलत कार्यान्वयनको परिणाम वर्तमान अवस्था सृजना भएकोले शासकीय स्वारुपमा सुधार गर्न आवश्यक भएको औँल्याउनु भयो । जेनजीले राखेको म्याण्डेटमा अर्जुनदृष्टि राखेर सहयोग गर्न आवश्यक भएको बताउनु भयो ।

गैरसरकारी महासंघ बाँकेका सचिव रेमश सिटौलाले अन्याय वयथितिका विरुद्ध मनस्थिति परिवर्तन गर्न आवश्यक भएको र अहिलेको अवस्था अक्रान्तको बिस्फोट भएको बताउनु भयो । अवस्थाका परिवर्तनका लागि भ्रष्टहरुलाई मिटाउन जेनजी अन्दोलन भएको भन्दै पहिलो पुस्ता अभिभावक भएर दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।

नागरिक समाज नरेन्द्रजंग पिटरले संविधान निर्माणमा त्रुटि भएकोले जेनजीले विवेक सहित आवेगमा आउनु पर्ने सल्लाह दिनु भयो ।

कानुन व्यवसायी तथा लुम्बिनी प्रदेश पार्षद अधिवक्ता ईश्वरी ज्ञवालीले जेनजी अन्दोलन सुशासन र भ्रष्टाचार विरुद्ध भएको बताउदै संविधानलाई संरक्षण गर्न सुशासनका लागि खबरदारी गनुपर्ने कुरा औल्यानु भयो ।

Photo 2025-09-20 Banke (6)अध्यक्ष पत्रकार महासंघ लुम्बिनी प्रदेशका शुक्रऋषि चौलागाई वर्तमान अवस्थामा राष्ट्रपतिले विवेक प्रयोग गरेर आवश्यकताको आधारमा सरकार गठन भएको बताउदै युवाहरुको असन्तुष्टि र आक्रोशको परिणामाले जेनजी अन्दोलन भएको बताउदै सरकार निर्वाचन लक्षित भई संविधान चलायमान राखी राख्न आवश्यक रहेको बताउनु भयो ।
प्रकाश उपाध्यायले संविधान चलाउन पाइन्छ तर जलाउन नपाइने बताउदै गुनासो सुन्ने र स्वीकार्ने प्रक्रिया परिवार, समाज, विद्यालयमा सिकाउन आवश्यक भएको औँल्याउदै नागरिक समाजको भूमिका इमान्दारी पूर्वक दलीय सदस्यता त्याग गर्नुपर्ने र निरन्तर खबरदारी गर्नु पर्ने कुरामा जोडदिनु भयो ।

आई.एच.आर.सी.का अध्यक्ष अधिवक्ता विश्वजीत तिवारीले जेनजीको अन्दोलनले न्यायपालिकाको काम कर्तव्य व्यवहारबाट जनतामा असन्तुष्ट भएको देखिएकोले सबै आआफ्नो ठाउँबाट सच्चिनु पर्ने बताउनु भयो । उहाँले अदालतको नाम न्यायालय राख्न सुझाव दिँदै संविधान धारा ४८ मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने कुरा उल्लेख भएकोलाई व्यवहारमा ल्याउन आवश्यक भएको आँैल्याउनु भयो ।

अधिवक्ता पदम पाण्डेले जेनजी पुस्ता सरकारको कार्यप्रति असन्तुष्टी थियो शासकीय स्वरुपमा चाहना अनुसार सुधार हुन नसकेकोले असहज परिस्थिति उत्पन्न भएको बताउदै शासकीय सुधार आयोग गठन र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने कुरामा जोडदिनु भयो ।

अधिवक्ता सुनीता शर्माले वर्तमान संविधान नागरिकको भावना भएकोले त्यसको संरक्षण गरिनु पर्ने बताउनु भयो । उहाँले नेताहरुको कुर्सी छोड्न नचाहने जिद्दीको परिणाम र न्यायालयबाट पनि सन्तुष्टिपुर्ण न्याय नपाएको हुँदा आगो बालेको बताउदै जिएनजीको मागमा सहयोग तथा समर्थन गर्नुपर्ने कुरामा जोडदिनु भयो ।

पत्रकार शरण कर्माचार्यले भ्रष्टाचार मुक्त नेपाल बनाउन नागरिक समाजले सशक्त भूमिका खेल्न आवश्यक भएको बताउनु भयो । उहाँले गलत गर्नेलाई गलत भन्न सक्ने र स्वच्छ छविको नागरिक समाज हुनुपर्नेमा जोड दिनु भयो ।

Photo 2025-09-20 Banke (2)

अधिकारकर्मी कमला पन्तले नागरिक समाज किन बोल्न नसकेको भन्दै प्रश्न गर्नु भयो । संविधानमा अप्ठायारो परेको ठाउँमा सुधार गर्न आवश्यक भएको औंल्याउदै वर्तमानमा नागरिकको भूमिकामा आत्मआलोचना गर्दै शुद्धिकरण गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार शरण कर्माचार्य, पत्रकार बिजय मल्ल, द्वन्द्वपीििडत महिला सञ्जालकी चन्द्रकला उप्रेती लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम सञ्चालन पत्रकार तिलक गाउँले गर्नु भएको थियो ।

Photo 2025-09-20 Banke (1)

 

Photo 2025-09-20 Banke (3)

Photo 2025-09-20 Banke (4)

Photo 2025-09-20 Banke (5)

 

Photo 2025-09-20 Banke (7)

 

Photo 2025-09-20 Banke (9)

 

अन्य

भिडियो