१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० राजाकाँधका २४ वर्षीय जीवन बस्नेतलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले गरेको उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
सदरमुकामा पढ्न बस्दै गरेकी ती बालिकालाई आरोपित थापाले पटकपटक विवाहको प्रस्ताव राख्दै हैरानी गरेको पनि पीडित पक्षले जनाएको छ ।
यही विषयमा पाँच महिनाअघि आरोपित बस्नेतलाई प्रहरीले गिरफ्तार गरेकोमा अब उपरान्त गल्ती नदोहो¥याउने सर्तमा मिलापत्र गरिएको थियो ।