INSEC Online

📅 २०८३ जेष्ठ २१

तोडफोड र आगजनी घटनाका आरोपित दुई जना गिरफ्तार

जेनजी अन्दोलनको क्रममा नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा राखिएको सरकारी साधनमा आगजनी गरी लुटपाट र तोडफोड गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका- १६ जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई ०८२ असोज १ गते गिरफ्तार गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा राखिएको सरकारी साधनमा भदै २४ गते आगजनी गर्दै गरेको फोटो सामाजिक सञ्जालमा आएपछि नगरपालिकाले सिसि क्यामराबाट उनीहरुलाई पहिचान गरिएको थियो । आरोपितहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले थुनामा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो