दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको ०८२ भदौ ३० गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो । बलात्कारपछि हत्या गरेको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश बुढाथोकीले बताउनु भयो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको शव भदौ ३० गते राति दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेको थियो ।
मृतकका पतिले ०८२ भदौ ३० गते पत्नीलाई छिमेकी दीपक सार्कीले बलात्कार गरेको हुन सक्ने आशङ्गामा भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भदौ ३१ गते गरिएको छ । सोही दिन पीडितले शव बुझी इटहरी उपमहानगरपालिका-४ स्थित बुढीगङ्गा मुक्तिघाटमा सद्गत गरेको छ ।