INSEC Online

📅 २०८३ जेष्ठ २१

कोटेश्वर भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा शवको कंकाल फेला

रामेछाप खाडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको ०८२ भदौ ३१ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटको चौथो तलामा जलेको अवस्थामा कंकाल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । उक्त शव कंकाल बिहान साढे ९ बजे फेला परेको र पहिचान गर्न नसकिने अवस्थामा रहेकोमा नजिकै फेला परेको सिम हेर्दा रसाइलीकै भएको पुष्टि भएको एसपी बोहराले बताउनु भयो।

शव पोष्टमर्टमका लागि टिचिङ अस्पताल लगिएको एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार मृतकका परिवारले समेत रसाइली हराइरहेको जानकारी प्रहरीलाई दिएका थिए । यसअघि काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ६ ओटा कंकाल फेला परेका थिए। यससँगै आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सङ्ख्या ७४ पुगेको छ ।

अन्य

भिडियो