INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएकी महिलाको उपचारको क्रममा मृत्यु

२९ वर्षीया अपाङ्गता भएकी महिलाको ०८२ असोज १ गते धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

अपाङ्गता भएकी महिलालाई ०८२ भदौ २५ गते बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीय खिलबहादुर मानन्धरविरुद्ध पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते धादिङ अस्पतालमा गरिएको थियो ।

रक्तअल्पताका कारण भदौ ३१ गते धादिङ अस्पतालमा उपचारका लागि भर्ना भएकी पीडितको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । शवको असोज १ गते सोही अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

घटना पश्चात् आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि सुवास हमालले बताउनुुभयो ।

अन्य

भिडियो