INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधिको कार्यालयमा सम्पर्कमा आएका कैदीलाई प्रहरीको जिम्मा

इन्द्रावती गाउँपालिका११ स्थायी घर भई सुनसरी जिल्लाको झुम्का कारागारबाट भागेका कैदी २९ वर्षीय सुरेश अधिकारी ०८२ भदौ ३१ गते इन्सेक प्रतिनिधिको कार्यालयसिन्धुपाल्चोकमा आत्मसमर्पण गर्न आएपछि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

झुम्का कारागारमा आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेपछि भदौ २४ गते अधिकारी कारागारबाट बाहििएका थिए 

आन्दोलनको क्रममा कारागार प्रशासनले नै बाहिर जान अनुमति दिएपछि हामी कारागारबाट बाहिर आएका हौंपछि कारागारबाट सम्पर्क गरी आउन अनुरोध गरेपछिआफ्नो सुरक्षा के कसो हुने हो भन्ने लागेर मानव अधिकारकर्मीको रोहबरमा आत्मसमर्पण गर्न आएको सुरेश अधिकारीले बताउनु भयो ।

इन्सेक कार्यालयको सम्पर्कमा आएका सुरेश अधिकारीलाई भदौ ३१ गते नै इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।

इन्सेक सिन्धुपाल्चोकले सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद खरेलले धन्यवाद दिनुभयो । इन्सेक प्रतिनिधिको सम्पर्कमा आएर जिल्ला प्रहरी कार्यालय बुझाइएका कैदी सुरेश अधिकारीलाई आजै चौतारा कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खरेलले बताउनुभयो ।

बलात्कार मुद्दामा नौ वर्ष ६ महिना सजाय भुक्तान गरिसकेको र अब ६ महिना मात्र सजाय भुक्तान गर्न बाँकी रहेको सुरेश अधिकारीले बताउनुभयो ।

अन्य

भिडियो