INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि गरिएको दुर्व्यवहार घटनाप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा ०८२ असोज ५ गते जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा भएको दुव्र्यवहारप्रति नेपालगञ्ज स्थित २१ ओटा पेसागत संघसंगठन तथा मानव अधिकारकर्मीहरुले असोज ७ गते प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा आन्दोलनका क्रममा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाउनुले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको ठहर गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीले यस अघिदेखि नै पे्रसप्रति दुर्भाव राख्दै पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी व्यवहार देखाएको, नागरिक समाजका सार्वजनिक कार्यक्रम (बार, होटेल अर्गनाइजेशन लगायत) मा अशोभनीय अभिव्यक्ति दिएको, जोशीको समग्र कार्य सम्पादनप्रति निरन्तर प्रश्न उब्जिएकोे विभिन्न घटनाक्रमले देखाएको भन्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।

Photo 2025-09-24 Banke

अन्य

भिडियो