INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर कारागारमा ५ सय १ कैदीबन्दी फर्किए

भरतपुर कारागार प्रशासनले फर्किने कैदीबन्दीलाई फरक व्यवहार नगरिने भनी ०८२ भदौ २५ गते सूचना सार्वजनिक गरेपछि ५ सय १ जना कैदीबन्दी पुनः कारागार फर्किएका छन् । जसमध्ये ४ सय ९७ स्वइच्छाले र चार जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

फर्किएका ५ सय १ जनामा ४ सय ८६ जना भरतपुर कारागारमा आएको र अन्य १५ जना अन्य कारागारमा रहेको भतरपुर कारागार प्रमुख चन्द्र ढुंगानाले बताउनु भयो ।

उहाँले भरतपुर कारागारबाट ४६ जना महिला कैदीबन्दी फरार भएकोमा हालसम्म ३६ जनालाई नियन्त्रणमा लिइएको र तीन जना भारतीय महिला कैदीबन्दी नफर्किएको बताउनु भयो । साथै उहाँले आश्रित बालबालिका चार जनामध्ये दुई जना समेत कारागार फर्किएको बताउनुभयो ।

त्यस्तै कारागारमा १४ जना भारतीय कैदीवन्दी रहेकामा एक जना आफै फर्किएको, चार जनालाई भैरहवा कारागारमा राखिएको र नौ जनाको कुनै सूचना नभएको प्रमुख ढुंगानाले बताउनुभयो ।

त्यस्तै असुरक्षाका कारण देखाउँदै जिल्ला कारागार भरतपुरले कालिबहादुर खामलाई ०८२ असोज १ गते केन्द्रीय कारागार स्थानान्तरण गरेको छ । ०८२ भदौ २५ गते अरु कैदीबन्दीसँगै भागेका खाम ०८२ भदौ २८ गते कारागार फर्किएका थिए ।

भरतपुर कारागारबाट भदौ २५ गते कुल ७ सय ४० जना कैदीबन्दी मध्ये ६ सय ९४ कैदीबन्दी भागेका थिए ।

अन्य

भिडियो