INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बाबुलाई ०८२ असोज ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ३१ गते दिउँसो विद्यालयबाट फर्केर खाजा खाँदै गरेको अवस्थामा बलात्कार गरेको भन्दै पीडितकी दिदीले असोज १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइएकी थिइन् ।

बालिकाको स्वास्थ्य परीक्षण असोज १ गते जिल्ला अस्पतालमा गरिएको छ । बालिकालाई हाल बालसंरक्षण गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनु भयो ।

अन्य

भिडियो