INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लहान नगरपालिका–१२ का ४१ वर्षीय सुमित शाहलाई ०८२ असोज ४ गते भानु नगरपालिका–३ तुरतुरेबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई स्वास्थ्य परीक्षण गर्न आएको अवस्थामा असोज ४ गते मेडिकल भित्रै बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ४ गते इलाका प्रहरी कार्यालय नारेश्वरमा उजुरी दिएका थिए । आरोपित शाह भानु नगरपालिका–३ तुरतुरे स्थित श्रेष्ठ मेडिकलमा कार्यरत रहेका थिए । उजुरी पश्चात आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय नारेश्वरटारका इन्स्पेक्टर दिपक कुँवरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ४ गते दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो