INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका—१२ का १९ वर्षीय बिकलाई ०८२ असोज ३ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असोज ३ गते बिहान बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।

अन्य

भिडियो