३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–२ का ४० वर्षीय महेश कुमार राउतलाई ०८२ असोज ४ गते गिरफ्तार गरेको छ ।
आरोपित महिलालाई ०८२ असार २३ गते मानसिक यातना दिई कुटपिट गर्नुका साथै बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ७ गते जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।